२७ बैशाख २०८०, बुधबार ०९:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले बुधबार उनकै निवासबाट पक्राउ गरेपछि तीन नेता जुटेका हुन्।
यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर, गत वैशाख २० गतेयता उनी फरार छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा कांग्रेस र एमालेसहितका नेताहरु पक्राउ पर्न थालेपछि अहिले शीर्ष तीन नेता छलफलमा जुटेका हुन्।
बुधबार दिउँसो एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।
तीन नेताहरु अहिले छलफलमा हुनुहुन्छ, विषय समसामयिक राजनीतिबारे हो, स्रोतले भन्यो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply