एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
२८ वैशाख,काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सुरु हुँदै छ।
तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा बिहान ११ बजे सुरु गर्ने तयारी रहेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार बैठकको मूल एजेन्डा पार्टीले देशभर २ महिनासम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा हो।
यस्तै सचिवालय बैठकका निर्णय अनुमोदन, भ्रष्टाचारको विषय पनि अलि उठ्छ, एउटा प्रस्ताव पारित हुन्छ, उनले भने। नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई भने एमालेले बुधबारै सचिव पदबाट निलम्बन गरिसकेको छ।
बैठकको पहिलो दिन आज मूलतः सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेस हुने तामाङले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकका लागि गत मंगलबार पार्टी केन्द्रीय कार्यालयमै बसेको एमाले सचिवालय बैठकले तय गरेको थियो।
वैशाख ३० गतेसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने, प्रदेशको वार्षिक कार्ययोजना निर्माण, केन्द्रीय कमिटीका सदस्यहरूलाई वर्षको एकपटक फरक भूगोलमा खटाउनेलगायत एजेन्डा छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply