२८ बैशाख २०८०, बिहीबार ०६:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरू
२८ वैशाख, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।
बैठकमा १० वटा एजेन्डामा छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेन्डा तय गरेको थियो।
बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।
यस्तै, बैठकमा पार्टीका नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि छलफल हुने बताइन्छ। सो प्रकरणमा शीर्ष नेताहरू नै मुछिएका छन्। सांसद समेत रहेका रायमाझीलाई बुधवार सचिव पदबाट भने निलम्बन गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply