२८ बैशाख २०८०, बिहीबार ०७:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सरकारले अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोज्यो : अध्यक्ष ओली
२८ वैशाख,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रबारे भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । आज (बिहीबार) बाट सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र थप संकटमा परेको बेला सरकारले मुलुकको अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।
सरकारले रेमिट्यान्स बढेको, वैदेशिक मुद्राको संचिति बढ्यो भन्ने विषय सार्वजनिक गराएर वास्तविक अवस्थाको ढाकछोप गरेको ओलीको आरोप छ । एमाले अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अप्ठयारो र झन् संकटमा परेको बताए । अर्थतन्त्र सुदृढ हुने दिशातिर मुलुक गएको भनेर सरकारले भ्रम सिर्जना गरेको ओलीको भनाइ छ । उनले वर्तमान सरकारले राज्यको ढुकुटीको दोहन गरेको समेत बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply