तीन दिनभित्र विषयगत समितिको बैठक सुरू गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति
३१ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति भएको छ ।
आइतबार बसेको बैठकमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको हो ।
बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा माननीयहरुले बजेट निर्माण गर्दा मन्त्रीहरुले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए ।
सांसदहरुको गुनासो सुनेपछि सभामुख देवराज घिमिरले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।
उनले भने, माननीयहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ । मन्त्रीहरुको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ । बजेट निर्माण गर्दा माननीयहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply