तीन दिनभित्र विषयगत समितिको बैठक सुरू गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति
३१ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति भएको छ ।
आइतबार बसेको बैठकमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको हो ।
बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा माननीयहरुले बजेट निर्माण गर्दा मन्त्रीहरुले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए ।
सांसदहरुको गुनासो सुनेपछि सभामुख देवराज घिमिरले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।
उनले भने, माननीयहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ । मन्त्रीहरुको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ । बजेट निर्माण गर्दा माननीयहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply