३१ बैशाख २०८०, आईतवार १५:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टोपबहादुर रायमाझी पक्राउ
३१ वैशाख, काठमाडौं । काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन्। रायमाझीलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्। प्रहरीले वैशाख २७ गते खाण र उनका सहयोगी नरेन्द्र केसीलाई खाणको निवासबाट पक्राउ गरेको हो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply