टोपबहादुर रायमाझीलाई म्याद थप्न अदालत लगिँदै
१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज (सोमबार) म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिने भएको छ ।
आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका नेता रायमाझीलाई आज अदालतमा पेश गर्न लागिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । गए राति मेडिकल गरेर उनलाई लैनचौर वृत्तमा पुर्याइएको प्रहरीले जनाएको छ ।
यसअघि गत वैशाख २० गते सोही प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परेका थिए । सन्दीप पक्राउ परेसँगै उनी फरार रहेका थिए । सोही शरणार्थी प्रकरण नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण काठमाडौं स्थित निजी निवासबाटै पक्राउ परेका थिए ।
शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री खाँण, पूर्वमन्त्री रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत १३ जना पक्राउ परेका छन् । सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिले उनीहरु फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply