टोपबहादुर रायमाझीलाई म्याद थप्न अदालत लगिँदै
१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज (सोमबार) म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिने भएको छ ।
आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका नेता रायमाझीलाई आज अदालतमा पेश गर्न लागिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । गए राति मेडिकल गरेर उनलाई लैनचौर वृत्तमा पुर्याइएको प्रहरीले जनाएको छ ।
यसअघि गत वैशाख २० गते सोही प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परेका थिए । सन्दीप पक्राउ परेसँगै उनी फरार रहेका थिए । सोही शरणार्थी प्रकरण नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण काठमाडौं स्थित निजी निवासबाटै पक्राउ परेका थिए ।
शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री खाँण, पूर्वमन्त्री रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत १३ जना पक्राउ परेका छन् । सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिले उनीहरु फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply