पूर्व गृहमन्त्री खाणको बयान आज पनि
२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज (मंगलबार) पनि हुँदैछ ।
गत वैशाख २७ गते पक्राउ परेका खाँणको बयान हिजो सोमबारबाट सुरु भएको थियो । सोमबार सरकारी वकिलको कार्यालयमा पु¥याइएकोमा बयान नसकिएपछि आज पनि बयान हुन लागेको हो ।
शरणार्थी प्रकरणमा मुछिएसँगै खाँणले आफ्नो मोबाइल फोन फरम्याट गरेका थिए । उनको मोबाइलको डाटा रिकभर हुनका लागि समय लागे पछि हिजो सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर एक करोड ४६ लाख रुपैयाँ बुझाएको बताएका थिए ।
यस्तै प्रकरणमा पक्राउ परेका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि खाँणको निर्देशनमा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि प्रहरीले खाँणलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply