प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको जानकारी दिइएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेलाई सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिएका थिए । सभामुख घिमिरेले संसद सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्य गरिरहेको विषय सराहनीय रहेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।
यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारकाले यही जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी पनि गराए । उता सभामुख घिमिरेले पनि सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन्’, उनले भने, ‘संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ ।सभामुख घिमिरेले सांसदहरुबाट सदनमा उठेका विषयमा सरकारले जवाफ नदिएको गुनासो सुनाउँदै थपे, ‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply