नगरपालिकाका प्रमुखसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
३ जेठ,काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुखसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज (बुधबार) तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल , लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर अजितकुमार गुप्ता, असिस्टेन्ट सब–इन्जिनियर दिनेश कुमार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष दिनेश प्रसाद यादव,सचिव बैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीता कुमारी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरूले अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यमा नगरपालिकाको कार्यालय र उपभोक्ता समितिबीच भएको सम्झौताअनुसार नभएको कामलाई भएको बनाइ झुट्टा बिल बनाइ १० लाख ८ हजार ९ सय रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
झुट्टा बिल भरपाइ बनाइ भुक्तानी लिने÷ दिने कार्यमा संलग्न निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवाल, लेखाअधिकृत चौधरी,इन्जिनियर गुप्ता र असिस्टेन्ट सब इन्जिनियर कुमार,उपभोक्ता समितिका अध्यक्ष यादव, सचिव बैद्यनाथ र कोषाध्यक्ष गीतामाथि सजायको माग गर्दै १० लाख ८ हजार ९६५ रुपैयाँ बिगोमागसहित आरोपपत्र दायर भएको हो ।
सोही घटनामा संलग्न तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुमाथि भ्रष्टाचार निवारण ऐन अनुसारको सजायसहित २ लाख ८४ हजार ८३२ रुपैयाँ बिगो माग गरिएको छ । नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७/०७८ मा संचालित योजनाहरूमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराइ रकम हिनामिना गरेको तथा भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा बदनियतपूर्वक सरकारी सम्पती हानि नोक्सानी गरेको पाइएको अख्तियारको ठहर छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply