सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने
५ जेठ, काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले प्रस्तुत गर्नेछन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने /नसक्नेमा यसअघि संशय थियो ।
सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो । तर, उनको स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको कार्यालयले स्पष्ट पारिसकेको छ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसपछि राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply