सुदूरपश्चिम प्रदेश सरकार विस्तार आज
६ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार (आज) विस्तार हुँदै छ।
शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्ता गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दाबी गरेपछि रोकिएको थियो।
आन्तरिक छलफल गर्ने भन्दै उन्मुक्तिले आज बिहान १० बजेसम्मको समय मागेको छ। नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल हुने/नहुने भन्ने कुरा यो खबर लेख्दासम्म टुंगो लागेको छैन।
हाम्रो दाबी दुई मन्त्रालयमा हो, केन्द्रमा पनि यस्तै सहमति भएको थियो, दुई मन्त्रालय नपाए शपथ खादैनौँ, संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘केन्द्रले गरेको निर्णयअनुसार अघि बढ्छौँ।’
मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति सरकारमा सामेल नभए माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने तयारी गरेका छन्।
माओवादी केन्द्रको भागमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ। माओवादीबाट रमेश धामी र झपट साउद मन्त्री बन्नेछन्।
माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने छिन्। उनको मन्त्रालय भने अझै निर्धारण भइसकेको छैन।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसको भागमा परेको छ। कांग्रेसले मन्त्री अझै टुंगो लगाएको छैन। पृथ्वीबहादुर सिंहको चर्चा बढी छ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। २१ फागुनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई मन्त्री नियुक्त गरेपछि अहिलेसम्म भागबन्डा नमिल्दा सरकार विस्तार हुन सकेको छैन।
नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ। योसँगै उसले सामाजिक विकास मन्त्रालयमा पनि दाबी गरेको छ।
नागरिक उन्मुक्ति सरकारमा सामेल भए रामेश्वर चौधरी मन्त्री बन्ने सम्भावना छ। नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply