सन्दीपविरुद्ध मुद्दाको आज पेशी
७ जेठ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेशी आज (आइतबार) लाई तोकिएको छ । तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन् ।
यसअघि सन्दीप लामिछाने विरुद्धको मुद्दा फास्ट ट्रयाकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दिएको थियो । सन्दीपको मुद्दा किनारा नलाग्दा उनको व्यवसायिक क्रिकेटमा अप्ठेरो परेको छ ।
उनले विश्वका धेरैजसो अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरु खेल्न नपाएर आर्थिक रूपमा नोक्सानी व्यहोरिएको उनका समर्थहरु बताउँछन् । यही मुद्दाका कारण सन्दीपले केन्द्रीय कारागारमा ९९ दिन विताएका थिए । जेलमा रहँदा उनले राष्ट्रिय टिमका ४ खेल खेल्न पाएका थिएनन् । नेपालले आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर प्रतिस्पर्धा गर्दैछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply