रुकुमपश्चिम जीप दुर्घटना : पाँचको मृत्यु, १० जना घाइते
११ जेठ,रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा आज (बिहीबार) बिहान भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
आज बिहान ७ बजे बाँफीकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर पाँच जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको छ । गम्भीर पाँच जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय (बाँफिकोट, रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply