रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग
१२ जेठ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारलाई माग गरेको छ । चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । यसले देशमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने विज्ञप्तिमा भनिएको छ । जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाइएको प्रक्रिया रोक्न सरकारसँग माग पनि गरेको छ ।
२०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् ।
गएको २ गते सर्वोच्च अदालतले चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो ।
अदालतको यस्तो फैसलापछि पनि सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई आममाफी दिन प्रक्रिया अघि बढाएको छ । सरकारले आममाफीलाई लिएर पठाएको पत्रमाथि राष्ट्रपति कार्यालयले अध्ययन र परामर्श थालेको छ । चौधरीको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply