‘जलहरी’ को विषयमा प्रतिपक्षी दलको नेतालाई जोड्नु अनुचित : प्रधानमन्त्री
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा प्रतिपक्षी दलका नेतालाई जोड्नु अनुचित भएको बताएका छन् ।
आज (शनिबार) को प्रतिनिधिसभा बैठकको सुुरुमै उनले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको उल्लेख गरे । अख्तियारले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने उनले बताए । निष्पक्ष छानबिनमा सरकारले साथ दिने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
पशुपति मन्दिररमा रहेको जलहरीबारे यहाँ चर्चा उठको छ । योलगायत विषयमा काम गर्ने अधिकार पशुपति क्षेत्र विकास कोषको काम हो र उसले काम गरिरहेको छ, उनले भने, यो अख्तियारमा निवेदन परेर छानबिन भइरहेको छ । आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेछ । यसमा सरकारले सहयोग गर्नेछ । प्रमुख प्रतिपक्षी दलको नेता जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय रेकर्डबाट हटाउने चलन छ । बाँकी कुरा त्यति बेला राख्नेछु ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply