सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक
१६ जेठ,काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा जारी छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन् । सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रधानन्यायधीश नियुक्तिलगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
यता नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगरले संसदीय सुनुवाइ समितिको बैठकमा भएका गतिविधि प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न माग गरेकी छिन् । समितिको पहिलो बैठकमा बोल्दै सांसद घर्तीले संसदीय सुनुवाइ समिति सार्वजनिक सरोकारको समिति भएकोले समितिको बैठक प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक जस्तै प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘जुनसुकै व्यक्तिको सुनुवाइ गर्दा प्रत्यक्ष प्रसारण गरिनुपर्छ । सिफारिस भएको व्यक्तिको पृष्ठभूमि के छ, उसले काम गर्न सक्छ कि सक्दैन, राज्यका उच्च स्थानमा जाने व्यक्ति चाहे प्रधानन्यायाधीश होउन् सबैको सुनुवाइ गर्दा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्नुपर्छ ।’ समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधि निर्माणबारेमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएकी हुन् ।
१५ सदस्यीय सुनुवाइ समितिले आइतबार पूर्णता पाएको हो । समितिमा नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपाका १, राप्रपाका १ र जसपा १ सांसदको प्रतिनिधित्व छ । समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा छन् ।
बाँकी १२ सदस्य प्रतिनिधिसभाबाट मनोनित गरिएको छ । जसमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै, नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply