२२ जेष्ठ २०८०, सोमबार ०५:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिने
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् ।
प्रतिनिधि सभाको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् ।
भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्केका थिए ।
भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए ।
भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply