धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी एमाले नै हो : महासचिव पोखरेल
२९ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने कुरा गलत रहेको बताएका छन् । उनले पुराना पार्टीमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी एमाले नै रहेको दावी गरेका छन् । आज (सोमबार) पार्टी कार्यालय च्यासलमा आयोजित ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नु गलत रहेको बताएका छन् ।
नेकपा एमालेले हालै पार्टीमा ७० वर्षे उमेरहद हटाएसँगै अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुलाएको भन्दै टिप्पणी पनि भएको छ । सोही निर्णयप्रति लक्षित गर्दै नेता पोखरेलले यस्तो धारणा राखेका हुन् । नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताए । यस क्रममा उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको पनि बताएका थिए ।
साथै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ थियो । ‘नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत उहाँलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले उमेरहद स्थगन गरेका छौँ । तर त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्ने कुराका सन्दर्भमा प्रश्न उठाउनुपर्ने विषय नै होइन । नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रुपमा नेकपा एमाले छ । चाहे नेपाली कांग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिस्ट पार्टीहरुका बारेमा, नेता पोखरेलले भने ।
यस्तै पुष्पकमल दाहाल २०४५ सालदेखि लगातार प्रमुख पदमा रहेको सन्दर्भ जोड्दै उनले एमालेमा ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रमुख बनेको जानकारी गराएका छन् । उनले भने, ‘एकतातिर एक जना मात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधि रोकिने भन्ने होइन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply