प्रचण्ड–बाबुरामविरुद्धको मुद्दामा कारण देखाउ आदेश
३० जेठ, काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराईलगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधीश न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि माओवादी सशस्त्र युद्धमा भाग लिएका र पछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएकाहरुका विषयमा उचित निर्णय नगर्नुका कारण पेस गर्न आदेश दिएको हो ।
यस्तै प्रारम्भिक सुनुवाइपछि मुद्दालाई अग्राधिकार दिने पनि आदेश भएको छ । तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले ‘अयोग्य लडाकु’ ठहर गरेपछि बाहिर निकालिएको थियो । त्यसरी निकालिएपछि अपमान गरिएको भन्दै तत्कालीन अयोग्य ठहर भएका लडाकु लेलिन विष्टसहितले दायर गरेको मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाइ हो ।
अयोग्य लडाकु भनेर बिदा गरिएकामध्येका विष्टसहितले प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. भट्टराईसहितलाई विपक्ष बनाएर आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन ‘जनयुद्ध’ का सुप्रिमो प्रचण्ड, डा. भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।
विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बाल सेनाको पहिचान समेत नभएकाले पहिचान दिएर परिपूरण क्षतिपूर्तिको माग गरेका छन् । विष्टसहितको मुद्दा जेठ १६ गते नै दर्ताका लागि सर्वोच्च लगिए पनि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्धको निवेदनमा यही २६ जेटमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपीठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश गरेका थियो । त्यही आदेशका आधारमा २८ गते दर्ता भएको मुद्दाको मंगलबार प्रारम्भिक सुनुवाइ भएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply