प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ भोलि
३१ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलि (बिहीबार) हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान ८ बजे कार्कीलाई बोलाउने निर्णय गरेको हो ।
आज उजुरीकर्ताहरूसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बुधबार बिहानको बैठकमा समितिले २३ जना उजुरीकर्तालाई छलफलका लागि बोलाइएको थियो ।
सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका थिए । बैठकमा उजुरीकर्ताहरूले प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय सुनुवाइको वैधानिकतामा प्रश्न उठाएका थिए । उजुरीकर्ताहरूले सामूहिक छलफल हुनुपर्ने आवाज उठाएपछि केहि समय समितिको बैठक प्रभावित बनेको थियो ।
गत वैशाख २५ गते संवैधानिक परिषदले प्रधानन्यायाधीश लागि कार्कीलाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले जेठ १६ गते प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
यसैबीच न्यायपरिषद्ले कामयमुकायम प्रधानन्यायाधीश कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ। न्यायपरिषदले पठाएको पत्रअनुसार ६५ वर्षे उमेर हदका कारण कार्की आगामी साउन २० गते अवकासमा जाँदैछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply