इच्छा विपरीत न्यायाधीश बनें, आफ्नो धर्म निर्वाह गरेको छु : कार्की
३२ जेठ,काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू सर्वोच्च अदालतको न्यायाधीशमा इच्छा विपरीत गएको बताएका छन् । तत्कालीन प्रधानन्यायाधीशको आग्रहपछि मात्रै आफू सर्वोच्चमा गएको उनले बताएका छन् ।
‘इमान्दार भएर भन्दा मलाई सुरुमा सर्वोच्च जाने मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ, कार्कीले संसदीय सुवाइ समितिको बैठकमा भने ।
कार्कीमाथिको सुनाइ जारी छ । समितिको बैठकमा उनले २०४० देखि २०७२ सम्म आफूले कानुन व्यवसायीको रुपमा काम गरेको बताएका छन् । ‘मैले फौजदारी, देवानी मुद्दा हेर्ने निजी संस्थामा कानुनी सल्लाहाकार भूमिका खेलेँ । राष्ट्रिय महत्वको विषयमा काम गरेँ । राष्ट्र निर्माणमा भूमिका खेलेँ, सनुवाइ समितिको बैठकमा उनले भने, मैले सामाजिक अभियान्ताको रूपमा काम गरेको छु । नेपाल बारमा पनि बसेर संवैधानिक सर्वोच्चता कायम गर्ने अवसर पाएँ । कानुन व्यवसायी परिषद्को आवश्यकता देखेपछि त्योअनुसार परिषद् ऐन हामीले ल्यायौँ । त्यसमा मलाई गौरव छ ।
उनले आफू बार अध्यक्षमा २०६९ मा १० हजार मत ल्याएर निर्वाचित भएको पनि स्मरण गरेका छन् । न्यापालिकाको स्वतन्त्रतमलाई अघि बढाउन भूमिका निर्वाह गरेको भन्दै उनले काम गर्ने अवसर आएका बेला आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । बारको कार्यकाल समाप्त हुन तीन महिना बाँकी रहँदा महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्ने अवसर आएको बताएका उनले बताएका छन् । कोभिड र डेंगीले लामो समय अदालतमा काम नभएको भन्दै उनले यस्तो अवस्थामा पनि आफूले ५ हजार ५८६ मुद्दा फैसला गरेको बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply