शरणार्थी प्रकरण : प्रतिवादी १८ जनाकै बहस सकियो, भोलि आदेश आउने
३२ जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ । अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए ।
उनीहरु तीन जनाको पक्षमा प्रतिरक्षा बहस सकिएसँगै अब शुक्रबार बिहानदेखि २ बजेसम्म सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका छन् । भोलि (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ ।
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले गर्ने बताइएको छ । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउने / नपठाउने आदेश हुने आँकलन गरिएको छ । यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुईजना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply