साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालको हार
६ असार,काठमाण्डौ । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाले कुवेतसँग हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतसँग पहिलो खेलमा हार बेहोरेको हो ।
भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३१ ले पराजित भएको हो । पहिलो हाफमै २० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा पनि गोल थपेको थियो । अन्जन विष्टले नेपालका लागि गोल फर्काएपनि नेपालले त्यसपछि गोल गर्न नसक्दा नतिजा बदल्न भने सकेन ।
खेलको २३ औं मिनेटमा कुवेतले कप्तान खालेद हजियाको गोलमा अग्रता लियो । फवाज अलोताइबीको कर्नरमा नेपालको डिफेन्स र गोलरक्षकबीच फ्रन्ट पोस्टमा समन्वय हुन नसक्दा हजियाले खाली पोस्टमा बललाई गोलको दिशा दिए ।४१ औं मिनेटमा कुवेतले अग्रता दोब्बर पर्यो ।
काउन्टर अट्याकमा अघि बढेको मुभलाई शाइबाइबा अल्खाल्दीले गोलमा परिणत गरेका थिए । बायाँ विंगबाट मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र रोक्दै विमल पाण्डेलाई बिट गरेपछि अल्खाल्दीले गोलरक्षक किरण चेम्जोङलाई बिट गरेका थिए । ६५ औं मिनेटमा कुवेतले अर्को गोल थप्यो । हमाद अल कलाफको क्रस अनन्तको हातमा लाग्दा रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए ।
मोहमद अब्दुल्लाहले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै कुवेतलाई ३० को अग्रता दिलाए ।
कमजोर डिफेन्समा कारण नेपाल साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा कुवेतसँग ३–१ ले पराजित भएको हो । यससँगै विष्ट नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान नजिक पुगेका छन् । तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेलमा गोल फर्कायो ।
अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जनले बललाई अघि बढाउँदै फिसिन गरे । अन्जनको राष्ट्रिय टोलीबाट यो व्यक्तिगत १२ औं गोल पनि हो । अब उनी कीर्तिमानदेखि एकै गोल मात्रै टाढा छन् । नेपालका लागि सर्वाधिक समान १३ गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply