विश्वकप छनोट : आज नेपाल वेस्टइन्डिजसँग भिड्दै
७असार, काठमाडौं ।आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज (बिहीबार) विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ।
चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुनेछ।
नेपाली टोलीले क्रिकेट इतिहासमा पहिलोपटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो। ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छन्।
आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। वेस्टइन्डिजको कमानी शाई होपले सम्हाल्नेछन्।
नेपालले ओडीआईमा आइतबार पहिलोपटक टेस्ट टोली जिम्बाब्वेसँग खेलेको थियो। जुन खेलमा नेपाल ८ विकेटले हार्यो।
विश्वकप छनोटअन्तर्गत अमेरिकासँगको खेलमा भने नेपाल ६ विकेटले विजयी भयो।
एक खेलमा जित र एक खेलमा हार भोगेको नेपाल २ अंकमा समूह एको तेस्रो स्थानमा छ। लगातार दुई खेल जितेको जिम्बाब्वे ४ अंकमा शीर्ष र एक खेलमा जित हासिल गरेको वेस्टइन्डिज दोस्रो स्थानमा छन्।
लगातार दुई खेल हारेको अमेरिका र एक खेलमा हार भोगेको नेदरल्यान्ड अंकविहीन रुपमा तालिकाको चौथो र पाँचौँ स्थानमा छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply