साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल
९ असार, काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) साविक विजेता भारतसँग भिड्दै छ।
खेल भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ।
आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल गरेका थिए।
भारतले भने पाकिस्तानलाई ४–० को फराकिलो अन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो।
साफमा सर्वाधिक ८ पटकको विजेता भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ।
साफको पछिल्लो संस्करण मालदिभ्समा नेपाल र भारतले फाइनल खेलेका थिए। साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो। तर नेपाल ३–० ले हार्यो।
नेपाली टोली छोटो तयारीमा साफ खेल्न भारत पुगेको हो। उता भारत भने पछिल्लो समय उच्च मनोबलमा छ। साफअघि इन्टरमन्टिनेन्टल उपाधि जितेको भारत साफको उपाधि पनि घरेलु भूमिमा नै राख्ने राणनितिमा छ।
साफमा यो पटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन्। साफको स्तरवृद्धिका लागि दुई टोलीलाई आमन्त्रण गरिएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply