नेदरल्यान्ड्स विररुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
९ असार, काठमाडौं ।आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्स विररुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा टोलीका कुनै परिवर्तन गरेको छैन।
सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। आजको खेलमा हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ। यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ। जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ।
नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारेको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार भोग्यो।
यस्तै नेदरल्यान्ड्स पनि पहलो खेलमा जिम्बावेसँग ६ विकेटले हारेको थियो। अमेरिकालाई भने ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाललाई हराए नेदरल्यान्ड्स शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्नेछ भने नेपालको यात्रा टुंगिनेछ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply