आज संसद्का दुवै सदनका बैठक बस्दै
१० असार, काठमाडौं । आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का बैठक बस्दै छन्।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक अहिले बिहान १० बजे सुरु हुनेछ। आजको बैठकलाई सम्भावित कार्यसूची तय गरिसकिएको छ।
जसअनुसार विनियोजन विधेयक, २०८० बारे जारी छलफलअन्तर्गत उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल गरिनेछ। यस क्रममा सांसदद्वय डा. अमरेशकुमार सिंह भगवती चौधरीले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी प्रस्ताव राख्नेछन् भने प्रतिनिधिसभा सदस्य प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसपछि विनियोजन विधेयकप्रति खलफलमा उठेका प्रश्नका जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ। जसअनुसार गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम छ।
यस्तै आज दिउँसो १ बजे १ मिनेट जाँदा राष्ट्रिय सभाको बैठक सुरु हुँदै छ। आजको बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै प्रधानमन्त्रीले महालेखा परीक्षकको ६०औँ प्रतिवेदन, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन र दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कायैसूची पनि छ।
आजको राष्ट्रिय सभा बैठकमा पूर्वसदस्य महेश चौधरीको शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि राखिएको छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply