एसीसी यू–१६ मेन्स इस्ट जोन कप : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा
१८ असार, काठमाडौं । एसीसी यू–१६ मेन्स इस्ट जोन कपमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटिएको हो ।
सिंगापुरका लागि रोशन रविशचन्द्रनले २४, प्रनव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका लागि कृतिक कामतले तीन विकेट लिए । उनले २.३ ओभरमा एक मेडियन राख्दै नौ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै, अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले एक–एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालका लागि सुर्यान्शु कोइरालाले ४३, निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५ र सन्तोष यादवले १८ रन बनाए । अब फाइनलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मंगलबार बिहान हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply