एसीसी यू–१६ मेन्स इस्ट जोन कप : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा
१८ असार, काठमाडौं । एसीसी यू–१६ मेन्स इस्ट जोन कपमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटिएको हो ।
सिंगापुरका लागि रोशन रविशचन्द्रनले २४, प्रनव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका लागि कृतिक कामतले तीन विकेट लिए । उनले २.३ ओभरमा एक मेडियन राख्दै नौ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै, अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले एक–एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालका लागि सुर्यान्शु कोइरालाले ४३, निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५ र सन्तोष यादवले १८ रन बनाए । अब फाइनलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मंगलबार बिहान हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply