एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बस्ने हैसियत गुमाइसके
२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको आज (बुधबार) बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको एक अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गर्ने तयारी गरेको छ । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको बताएको छ । साथै यो विषय संसदको बैठकमा गम्भीर रुपमा उठाउने निर्णय गरेको छ ।
गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको ‘रोड्स टु द भ्याली’ पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर एमालेले विरोध गर्दै संसद समेत चल्न नदिने अडान अघि सारेको हो ।
‘प्रधानमन्त्री ज्यूले संसदमाथि गरेको अपमान, जनादेश माथि गरेको अपमान, यो देशको सार्वभौम सत्ता, स्वाभिमानमाथी गरेको आक्रमणको बारेमा संसद्मा यी विषय जोडदार किसिमले राख्ने, र हाम्रो भूमिका निर्वाह गर्ने छौं,’ संसदीय दलको निर्णय सार्वजनिक गर्दै सचेतक महेश बर्तौलाले भने, ‘यो सामान्य विषय नभएकोले संसद् अवरुद्ध हुनसक्छ । एमालेको तर्फबाट कडा ढंगले हामी प्रस्तुत हुन्छौं ।’ प्रतिनिधि सभाको बैठक आजै ३ बजे बस्दैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply