मकवानपुरमा २ ट्रक ठोक्किंदा आगलागी, ३ जनाको मृत्यु
२३ असार,मकवानपुर । मकवानपुरको मनहरी–३ नयाँबस्ती डिपाट गाउँमा दुई वटा ट्रक एकापसमा ठोक्किँएर आगलागी हुँदा जलेर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार जलेर ज्यान गुमाउनेमा चितवनको राप्ती नगरपालिका–८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी–३ बस्ने २० वर्षीय अमृत प्रजा रहेका छन् ।
शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ । ट्रकको आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर दुवै ट्रकमा आगलागी भएको थियो ।
प्रहरीका अनुसार ट्रकमा सवार चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply