ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव पक्राउ
२४ असार, काठमाडौँ। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उनी विराटनगर जानका लागि बोर्डिङ पास लिएर विमानस्थलभित्र बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने क्रममा राउतको पनि संलग्नता देखिएको भन्दै सीआईबीले उनीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो । भौतिक मन्त्रालयमा शाखा अधिकृत छँदा राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । उनी अहिले थुनामा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply