२५ असार २०८०, सोमबार ०९:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्रीले संसदमा बोल्ने, एमालेले सदनमा अवरोध नगर्ने
२५ असार, काठमाडौं । नेकपा एमालेले संसद खुलाउन दिने भएको छ । प्रधानमन्त्रीसँगको छलफलपछि एमाले संसदीय दलको बैठकले सदन खुलाउन दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
एमाले संसदीय दलको बैठकअघि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले आत्मालोचनासहित अभिव्यक्ति सच्याउने र प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा दुख व्यक्त गर्ने सहमति भएपछि सदन खुलाउन दिने निर्णय भएको गिरीले जानकारी दिए ।
संसदीय दलको बैठकपछि गिरीले भने, ‘प्रधानमन्त्रीले आत्मालोचनासहित अभिव्यक्ति सच्याउनु हुन्छ, वक्तव्यमा दुःख व्यक्त गर्नुहुन्छ भनेर अध्यक्षले जानकारी गराउनु भयो । हामीले सदन खुलाउन दिने निर्णय गरेका छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply