२६ असार २०८०, मंगलवार ०७:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लाम्जुरापासमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर
२६ असार, काठमाडौं । लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ ।
३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको बताए । उनले दुर्घटनास्थलमा प्रहरी पुगिनसकेको जानकारी दिए ।
गाउँलेले अहिले घटनास्थलमा पुगी उद्धारमा जुटेका छन् । हेलिकप्टर र दुर्घटनास्थल हेर्दा हेलिकप्टरमा सवार यात्रुको जीवित उद्धारको सम्भावना कम रहेको उनको भनाइ छ ।
हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना क्याप्टेन छ । सो सोलुखुम्बुको लाम्जुरापासमा यसअघि पनि यति एयरको हवाईजहाज दुर्घटना भएको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply