सीताको अन्तिम विदाइ : प्रचण्ड, रेणु र गंगाले दिए दागबत्ती
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज (बुधबार) राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो ।
बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो । सीतालाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिएपछि दाहसंस्कारका लागि आर्यघाट लगिएको हो । जहाँ पुर्याउने क्रममा उनको पार्थिव शरीरलाई छोरीहरु गंगा दाहाल र रेणु दाहालले काँध हालेर ब्रह्मनालमा पुर्याएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply