२८ असार २०८०, बिहीबार ११:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसद्का दुवै सदनबाट पारित भयो बजेट
२८ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसद्का दुवै सदनबाट पारित भएको छ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट पनि बजेट पारित भएको हो। यसअघि बजेट विवादबीच प्रतिनिधिसभाको बैठकबाट पनि पारित भइसकेको छ।
प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०८० राष्ट्रियसभाको बहुमतले पारित गरेको हो।
बिहीबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए।
यसअघि बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा गरिएका खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।
विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ बिहीबार नै मन्त्रीहरुले दिइसकेपछि बजेट पारित भएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply