आईसीसीको ऐतिहासिक घोषणा : अब महिला र पुरुष खेलाडीको पुरस्कार बराबर
२९ असार, काठमाडौं । आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला खेलाडीले अब समान पुरस्कार राशी पाउने भएका छन् ।
दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष खेलाडीको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको हो । आईसीसी अध्यक्ष ग्रेग बार्कले अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुने बताए । उनले खुसी व्यक्त गर्दै यो क्षण खेलको इतिहासमै महत्वपूर्ण भएको बताए ।
पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उनले बताए । अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।
उनले अगाडि थपे, ‘समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ, हामीले सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाएका थियौं । अबदेखि, आईसीसी महिला क्रिकेट विश्वकप जित्दा आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार राशी हुनेछ र टी–२० विश्वकप र यू–१९ विश्वकपमा पनि उस्तै हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply