पाकिस्तान ‘ए’ लाई नेपालले दियो १८० रनको चुनौती
२९ असार, काठमाडौं । बलर सोमपाल कामीको एकल प्रदर्शनको भरमा पाकिस्तान ‘ए’विरुद्धको खेलमा नेपालले १७९ रन बनाउन सफल भएको छ।
सोमपालले अर्धशतकीय पारीसहित ७५ रनको योगदान गर्दा नेपालले ३७ ओभर खेल्दै सबै विकेटको क्षतिमा पाकिस्तानलाई १८० रनको चुनौती दिएको हो।
एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको अवस्थामा सोमपालले स्कोर उकासेका थिए।
नेपाली ओपनरसहितका ब्याटरहरु फ्लप भएको खेलमा अन्तिम क्रममा आएर सोमपालले नेपालको इनिङ उकासे।
सोमपाललाई अन्तिम अवस्थामा ललित राजवंशीले साथ दिएका थिए। ललितले १० बल खेलेर १ रन जोडे।
पाकिस्तान ‘ए’विरुद्ध पहिले ब्याटिङ थालेको नेपालका लागि यसअघि प्रतिश जिसीले २४ बलमा २६ रन बनाउँदै आउट भए।
समूह चरणमै बलियो टोलीको सामना गरेको नेपालले केबल १६ ओभर खेलेर ७२ रन जोड्दैमा ८ विकेट गुमाएको थियो।
त्यसपछि प्रतिश र ललितले नेपालको स्कोर उकासेका थिए। उनीहरुले ५८ रनको साझेदारी गरे।
पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपाली दुवै ओपनर चल्न सकेनन्। नेपाली ओपनर कुशल भुर्तेल ६ बल खेल्दै १ रनमा आउट भए।
त्यसपछि अर्का ओपनर आशिफ शेख पनि १२ बलमा १२ रन मात्रै जोडेको अवस्थामा पबेलियन फर्किए। उनले त्यसक्रममा ३ चौका हाने।
त्यस्तै तेस्रो क्रममा आएका अर्जुन साउद पनि २० बलमा १७ रन बनाएर आउछ भए। उनले २ चौका र १ छक्का हाने।
कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक रह्यो। उनले ४ बलमा केबल ४ रन मात्रै जोड्न सके।
भीम सार्कीले ४ बल सामना गरे पनि खाता नै नखोली आउट भए। उता कुशल मल्लले १८ बल खेलेर १७ रन जोड्दै बिदा भए।
त्यसैगरी पवन सर्राफ पनि ४ बलमा १ रन खेलेर आउट भए। नेपालका गुलशन झा पनि १९ बलमा १३ रन बनाएर बाहिरिए।
अहिले क्रिजमा सोमपाल कामी र प्रतिस जिसी छन्। सोमपालले ८ बलमा १ रन बनाउँदा प्रतिशले २ बल खेलेर खाता खोलिसकेका छैनन्।
कसिलो बलिङ गरेको पाकिस्तानका लागि मोहम्मद वासिमले १० ओभरमाा ५१ रन दिँदै ४ विकेट लिए। अर्का बलर शाहनवाज धाहानीले १० ओभर बलिङ गर्दै ३८ रन दिएर ५ विकेट लिए। अर्को १ विकेट मुबासिर खानको नाममा रह्यो।
यो प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। दोस्रो दिन आज नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गरेको हो।
पाकिस्तानको सामना गरेपछि नेपालले क्रिकेटको पावरहाउस भारतसँग भिड्ने तालिका छ। भारतको टिम एसँग नेपाली टोलीले साउन १ गते खेल्नेछ।
दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुने छन्। यदि चार टोली रहेको समूहबाट शीर्ष दुईमा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।
अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply