झुट र बेइमानीको खेती गर्ने राजनीतिक दलले दुःख दिन्छन् : अध्यक्ष ओली
२९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुट र बेइमानीको खेती गर्ने राजनीतिक दलहरुले मानव अधिकारको खिलाफमा गएर दुःख दिन सक्ने दाबी गरेका छन् । मानवअधिकार एलायन्सको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दाबी गरे ।
‘राजनीतिक दल मानवअधिकारको खिलाफमा हुन्छ भन्ने होइन । कहिले–कहिले राजनीतिक दलहरु आफ्ना स्वार्थका लागि मति भ्रष्ट भए भने झुट र बेइमानीको खेती गर्ने भए भने त्यस्ताले दुःख दिन सक्छन्,’ अध्यक्ष ओलीले दाबी गरे । उनले नेकपा एमाले भने त्यस्तो पार्टी नरहेको पनि टिप्पणी गरेका छन् । ‘तर हाम्रो पार्टी यस्ता कुरामा सजग छ,’ ओलीले भने । अध्यक्ष ओलीले अहिले मानिस भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको बताएका छन् ।
अध्यक्ष ओलीले नेपाली समाज सामाजिक मूल्य–मान्यताबाट विचलित हुँदै गएको बताए । उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुँदै गएको बताएका हुन् । उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए । उनले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको उल्लेख गरे ।
‘मान्छेमा भक्ति समाप्त भयो, भगवान्सँग पनि डराउन छोड्यो, नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभाबी बोल्ने, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्बन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ, उनले भने ।
उनले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने बताए । उनले भानुभक्तले रामायणको अनुवाद गरेर नेपाली समाजलाई गुन लगाएको उल्लेख गर्दै यसले समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्ने प्रयास गरेको बताए । उनले भक्ति र नैतिक रस भंग भएर मानिसले नैतिकता गुमाउँदै गएको बताए ।
अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए । नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो’, उनले भने, जसलाई आज हामीले सांस्कृतिक हिसाबले, हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै सतर्क हुनुपर्ने आवश्यकता छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply