कोशी प्रदेश सरकार तत्काल भंग गर्न एमालेको माग
३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश असंवैधानिक र लोकतान्त्रिक तथा संसदीय अभ्यासविपरित गठन गरिएको भन्दै तत्काल भंग गर्न माग गरेको छ ।
केन्द्रीय सचिवालयको आज (शनिबार) को बैठकले त्यस्तो माग गरेको हो । बैठकले सरकार भंग गरी नयाँ सरकार गठनका लागि संविधानसम्मत प्रक्रिया अघि बढाउन माग गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकले ६ वटा प्रस्ताव पारित गरेको छ ।
वतर्मान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्ने, तिनीहरुलाई विवादित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जगैदेखि खलबलाउने काममा उद्दत छ । कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट गरिएको संविधानबिरोधी क्रियाकलाप यस श्रृंखलाको पछिल्लो कडीको रुपमा छ ।
नेपालको संविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यबस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको छ । संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन । त्यसकारण सभामुख दलीय आबद्धताबाट अलग हुने प्रचलन छ ।
अझ सरकार गठन गर्ने वा हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मूल्य मान्यता एवं हाम्रो आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार हो भन्ने कुरा स्वत स्पष्ट छ ।
नेकपा एमाले सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भत्र्सना गर्दछ । असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ ।’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply