रास्वपा र राप्रपा सांसदको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
३१ असार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएपछि सांसद बैठक स्थगित भएको हो ।
केही नेपाल ऐन संशोधन विधेयकमा राप्रपा र रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेट पछि बस्ने गरी स्थगित गरेका हुन् । राप्रपा र रास्वपाका सांसदको विरोधका बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउन खोजेका थिए । त्यस लगत्तै सांसदहरू रोस्टम घेराउ गर्न पुगेका थिए । त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० को प्रक्रिया निमिलेको भन्दै ती दलले विरोध गरेका हुन् । उनीहरूले विधेयकको पनि विरोध गरेका थिए । विधेयक संशोधन हुनुपर्ने उनीहरूको माग छ ।
यसअघि रास्वपाकी सांसद सुमना श्रेष्ठले हिंसालाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै प्रश्न गरेकी थिइन् । त्यस्तै, विधेयकको छलफलका लागि दिइएको समय अपुग रहेको भन्दै ती दलका सांसदले आपत्ति जनाएका थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने हिंसालाई प्रोत्साहत गर्ने गरी विधेयक नल्याइएको प्रस्टीकरण दिएका थिए । उनले विधेयकको छलफलका लागि ७२ घण्टा पूरा समय भएको बताएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply