उपत्यकाको फोहोर विसर्जनमा फेरि स्थानीयको अवरोध
१ साउन, काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी स्थानीयले रोकेका छन् । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न रोकेका हुन् । उनीहरूले सोमबार बिहानैबाट सडक अवरोध गरेर बञ्चरेडाँडातर्फ गाडी प्रवेश रोकेका छन् ।
फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए । आज (सोमबार) बिहानैदेखि वडाध्यक्ष बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका छन् । धादिङको धुनिबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार ढाँडेबजारस्थित धादिङ र नुवाकोट जोड्ने पुलमा स्थानीयले अवरोध गरेका छन् । यसअघि बञ्चरेडाँडामा फोहोर फ्याँक्न थालेपछि सिसडोल बन्द गरिएको थियो । अहिले सिसडोल जाने सडक पनि स्थानीयले बन्द गरिदिएका छन् ।
अहिले त्यहाँ करिब ५० जना स्थानीयले प्रदर्शन गरिरहेको वडाध्यक्ष तामाङले जानकारी दिए । धुनिबेंसीतिरका केही स्थानीय जानु भएको छ । धेरैजसो नुवाकोटको ककनीका जनता आउनु भएको छ’, तामाङले भने, उहाँहरूको माग भनेको मानिस र फोहोर एकैठाउँमा राख्न सकिँदैन भन्ने छ । कि फोहोर राख्नु पर्छ, कि मानिस राख्नुपर्छ भनेर पहिलेदेखि नै भन्दै आउनु भएको हो ।
उनका अनुसार अहिले झिँगा र दुर्गन्धले बस्नै नसक्ने अवस्था आएपछि स्थानीयले आन्दोलन थालेका हुन् । उनीहरूले काठमाडौँबाट फोहोर बोकेर गएका टिप्परलाई सडकमै रोकेका छन् । काठमाडौँ महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको र संघीय सरकारले फोहोर व्यवस्थापनमा चासो नदिएको स्थानीयको आरोप छ । अहिले ककनी वडा नं ३ र ५ तथा धुनीबेसी–१ का स्थानीय प्रदर्शनमा उत्रिएका छन् । ककनीतर्फका जनप्रतिनिधि पनि प्रदर्शनमा सामेल छन् ।
त्यहाँ अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा फोहोर बोकेका र अन्य गाडीको लामो लाइन लागेको छ । केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि अहिले जनप्रतिनिधिहरू नै फोहोर विसर्जन गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply