एमालेले नेतालाई कार्यकारी पदमा दोहोरो जिम्मेवारी नदिने
१ साउन, काठमाडौं । नेकपा एमालेले कुनै पनि नेतालाई कार्यकारी पदमा दोहोरो जिम्मेवारी नदिने भएको छ।
शनिबार बसेको सचिवालय बैठकले संघीय सांसद, प्रदेश सांसद, पालिका प्रमुख, उपप्रमुख-अध्यक्ष, उपाध्यक्षदेखि वडाअध्यक्षहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको हो।
नयाँ निर्णयअनुसार अब एमालेका कुनै पनि सांसद वा पालिका जनप्रतिनिधि पार्टीको अध्यक्ष र सचिव बन्न पाउने छैनन्।
एमालेको भदौ मसान्तसम्म प्रदेश कमिटीको अधिवेशन गर्नेगरी कार्ययोजना बनाएको छ। नयाँ व्यवस्था अब लागू हुनेछ।
कार्यकारीको जिम्मेवारी २ ठाउँमा नराख्ने निर्णय भएको हो, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, एउटै व्यक्तिले दुई ठाउँमा कार्यकारी जिम्मेवारी लिँदा पर्फमेन्स राम्रो हुन सक्तैन भन्ने निष्कर्ष हो।
पार्टी संगठनलाई बलियो र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गर्न लागिएको उनले बताएका छन्।
एमालेले पार्टी सदस्यता नवीकरण गर्ने अवधि थप गरेको छ।
असार मसान्तसम्मबाट साउन १५ सम्म बनाइएको छ।
एमालेको असार ३१ सम्म ४७ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेपछि समय थप भएको हो।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply