मिटर ब्याजपीडितले मागे गृहमन्त्रीको राजीनामा
२ साउन, काठमाडौं । मिटर ब्याजपीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार शान्ति वाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । मिटर ब्याजीपीडितले प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने बताएका छन् । मिटर ब्याजपीडितहरुले आज (मंगलबार) रत्नपार्कको शान्तिबाटिका पत्रकार सम्मेलन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को विरोध गरेका छन् ।
आफ्ना माग पूरा गर्नका लागि दबाब दिँदै आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले जति दम्न गरे पनि माग पूरा नभई घर नफर्किने बताए । मिटर ब्याज तथा ठगीविरुद्ध आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अमानवीय दमन गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे ।
कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री, ‘मजदूर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद’ जस्ता प्लेकार्ड बोकेर विरोध गरेका छन् । सोम शान्ति बाटिकाभित्र धर्ना बस्दै आएका मिटर ब्याजपीडित भद्रकाली जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपमा मिटर ब्याजपीडित घाइते भएका थिए ।
यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो । वार्ता भंग भएपछि उनीहरू काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकार समक्ष विभिन्न ६ बुँदे माग राखेको छ ।
मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन्। चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरुको काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply