भद्रकुमारी घले सेवा सदनका संरचना नभत्काउन उच्च अदालतको आदेश
३ साउन, काठमाडौं । काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना सरकारी जग्गामा बनाइएको भन्दै काठमाडौं महानगरले डोजर लगाएर भत्काएकै दिन उच्च अदालत पाटनले ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अदालतको आदेश आउनु अगाडि नै आज दिउँसो महानगरले डोजर लगाएर संरचनाहरू भत्काएको छ । महानगरले यसअघि नै जग्गा खाली गर्न तीन दिने सूचना दिएको थियो । त्यसपछि सेवा सदनले उच्च अदालत पाटनमा संरचना भत्काउन निषेधको आदेश माग गर्दै निवेदन दिएको थियो । सोही निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
अन्तरिम आदेश दिने वा नदिने भन्ने सुनुवाईका लागि यही साउन ८ गतेका लागि पेसी तोकिएको छ । सो दिन दुवै पक्षलाई झिकाउने आदेश समेत दिएको छ । उच्चले सो भवन भत्काउनुको कारण पेस गर्न समेत १५ दिने आदेश दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply