सय किलाे सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो
५ साउन,काठमाडौँ । सय किलो सुन तस्करी प्रकरणमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ ।
विभागबाट खटिएको टोलीले बिहीबार साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ । काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ । साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन् । पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ । अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।
यी हुन हालसम्म पक्राउ परेकाहरू :
१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply