सुनकाण्डबारे बुझ्न दलबलसहित विमानस्थल भन्सार पुगे गृहमन्त्री श्रेष्ठ
५ साउन, काठमाडौँ । हवाई मार्ग हुँदै बुधबार भित्रिएको १०० किलो सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन् ।
नेपाल प्रहरीका आईजीपी वसन्त कुँव र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल पुगेका हुन् । उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्र पुगेर अनुगमन गरेका हुन् ।
ठूलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठ भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन् ।
उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन् । करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि उपप्रम श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग सोधपुछ गरेका थिए । उनले विमानस्थल सुरक्षाको विषयलाई लिएर वर्तमान पूर्व प्रहरी अधिकारीहरुसँग पनि छलफल गरेका थिए । अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेको छ ।
करिब सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको भेटिएको थियो । विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल असार १७ गतेदेखि नै बिदामा रहेको भेटिएको थियो । भन्सार विभागका अनुसार उनले दुई महिना लामो बिदा लिएका थिए ।
असार १७ गते देखि बिदा लिएका पोखरेलले भदौ १७ गते सम्मको लागि बिदा स्वीकृत गराएका थिए । यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उनले एकसाता लामो बिदा लिएका थिए । उनी बिदा बसेको भोलिपल्ट एक अर्बको अवैध सुन भित्रिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply