गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले निकाल्यो मशाल जुलुस
५ साउन,काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रमसख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संगठनले मशाल जुलुस निकालेको छ । शुक्रबार बेलुका युवा संघका कार्यकर्ताले काठमाडौंमा मशाल जुलुस निकालेका हुन् ।
राजश्व अनुसन्धान विभागले समातेको सुन गृहमन्त्रीकै मिलेमतोमा ल्याइएको युवा संघको आरोप छ । सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरूले तस्करीको सुन भन्सारबाट सहज रूपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।
सुन तस्करी काण्डमा साना भरियाहरूलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरूले ‘सर्वसाधारणलाई कचकच तस्करलाई रजगज’, सुन तस्करलाई पक्राउ गर’, ‘सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर’, ‘सुन तस्करलाई फाँसी दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply