अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता
६, साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए ।
राजधानी नोम्पेनमा आज (शनिबार) बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उनको निजी सचिवालयले जनाएको छ । ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीबाट स्वागत गरिएको थियो ।
उनीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको छ ।
त्यस्तै उनले नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेको सचिवालयले जानकारी दिएको छ । उनी पनि कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका थिए । ओली साउन ८ गते स्वदेश फर्किने जनाइएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply