अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता
६, साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए ।
राजधानी नोम्पेनमा आज (शनिबार) बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उनको निजी सचिवालयले जनाएको छ । ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीबाट स्वागत गरिएको थियो ।
उनीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको छ ।
त्यस्तै उनले नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेको सचिवालयले जानकारी दिएको छ । उनी पनि कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका थिए । ओली साउन ८ गते स्वदेश फर्किने जनाइएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply