एक जनाले चाहँदैमा विकृति हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री
१० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरे ।
आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथिति नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी गरेको उनले बताए । सरकारको यो काममा सबैको साथ पाउने विश्वास उनले व्यक्त गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरी र संगठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले कडा कदम चालेको बताउँदै उनले भने, ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो ।
प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई पनि सही ट्र्याकमा ल्याइएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply