एक जनाले चाहँदैमा विकृति हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री
१० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरे ।
आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथिति नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी गरेको उनले बताए । सरकारको यो काममा सबैको साथ पाउने विश्वास उनले व्यक्त गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरी र संगठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले कडा कदम चालेको बताउँदै उनले भने, ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो ।
प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई पनि सही ट्र्याकमा ल्याइएको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply